रुस र चीनका राष्ट्रपतिबीच भेटवार्ता

काठमाडौँ - रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जीन पिङबीच भेटवार्ता भएको छ। रुसले युक्रेनमाथि हमला गरेपछि पहिलो पटक बिहीवार उज्बेकिस्तानको समरकन्दमा दुई नेताबीच भेटवार्ता भएको हो। 

वार्तामा पुटिनले युक्रेन मामिलामा बेइजिङको 'सन्तुलित अडान'का लागि धन्यवाद दिएका छन्। चीनले युक्रेनमा रुसी हमलाको समर्थन गरेको छैन, तथापि दुबै देशबीच व्यापार र अन्य सम्बन्ध निरन्तर बढिरहेको छ।

यसअघि गत फेब्रुअरीमा आयोजित  शीतकालीन ओलिम्पिक्सका क्रममा बेइजिङमा   सी र पुटिनबीच भेट भएको थियो।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×