काठमाडौँ - बलिउड अभिनेत्री कंगना रनौतले हलिउड फिल्महरू प्राचिन धर्मशास्त्रबाट लिइएको दाबी गरेकी छिन्। आफ्नो अभिव्यक्तिका कारण विवादमा आइरहने यी अभिनेत्रीले आफ्नो फिल्मको प्रचारप्रसारकै क्रममा हलिउडका सुपरहिरो फिल्म हिन्दू धर्मशास्त्रबाट प्रेरित रहेको बताएकी हुन्।
उनले यसो भनेसँगै यतिबेला यसले सामाजिक सञ्जालमा ‘बहस’ को स्थान पाएको छ। उनले हलिउड सुपरहिरो र पौराणिक हिरोमा थुप्रै समानता भेट्न सकिने बताएकी हुन्।
आइरन म्यान कर्णबाट प्रेरित, थोर हनुमानसँग प्रेरित रहेको उनले बताएकी हुन्। ‘आइरनमेनको कवच जुन छ त्यो कर्णबाट प्रेरित देखिन्छ। कर्णले पनि सुरक्षाका लागि त्यस्तै कवच धारण गर्ने गरेको हामीले पढेका छौँ,’ उनले भनेकी छिन्, ‘थोर र उसको हथौडालाई हनुमानको गदासँग तुलना गर्न सकिन्छ।’