कांग्रेस जिल्ला अधिवेशन; मतगणना सुरु हुँदै

काठमाडौँ - नेपाली कांग्रेस कैलालीको १४औँ अधिवेशन अन्तर्गत जिल्ला नेतृत्वका लागि आइतबार भएको निर्वाचनको मतगणना आज सुरु हुँदैछ।

अधिवेशनमा सभापतिका लागि पूर्व उपसभापति नारायण भट्ट, निवर्तमान उपसभापति प्रकाश बम र रामबहादुर कलेलले आ–आफ्नो छुट्टाछुट्टै समूहसहित उम्मेदवारी दिएका छन्। यसअघि सभापति पदको आकांक्षी देखिनु भएका युवा नेता भीम बडूवाल र खेमराज चौधरीले उपसभापतिमा उम्मेदवारी दिएका छन्। सभापतिपछि अर्को महत्वपूर्ण मानिने सचिव पदमा युवा नेता नृपबहादुर सुनार, अमृत बिसी, केशव मिश्रले उम्मेदवारी दिएका छन्। जिल्ला कार्यसमितिको सदस्य पदमा उम्मेदावरी दिएका १२ जना निर्विरोध निर्वाचित भएका छन्।

सो पार्टीका निर्वाचन अधिकृत टेकप्रसाद सुवेदीले पहिलो चरणमै सभापति निर्वाचित हुन नसकेमा यही १८गते दोस्रो चरणमा निर्वाचन गर्ने तयारी भइरहेको बताए। मतदाता मतदान गरेर फर्किइसकेकाले पहिलो चरणमा सभापतिको नतिजा आउन नसकेमा आज नेपाल बन्द र भोलि शिवरात्रि पर्व परेको कारण १८ गते दोस्रो चरणको निर्वाचनमा जाने गरी छलफल भइरहेको छ। 

सुदूरपश्चिम प्रदेशमा कांग्रेसको जिल्ला अधिवेशन कैलाली र अछाम बाहेक बाँकी सबै जिल्लामा यस अघि नै सम्पन्न भइसकेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×