के हो मस्तिष्काघात ?

काठमाडौँ । मस्तिष्क शरिरको सबैभन्दा महत्वपूर्ण अङ्ग हो । यसमा अरबौ कोशिका हुन्छन् जिनलाई निरन्तर पोषण र अक्सिजन आवश्यक पर्दछ । यो रक्त नलीको माध्यमबाट मस्तिष्कमा पुग्दछ ।

डा. फुयाल भन्छन्, “ मस्तिष्कको रक्तनलीमा अवरोध भए वा त्यो फुट्न गएमा मस्तिष्कमा रगत आपूर्ती कम भई स्नायु कोषिकाहरुमा तत्काल क्षति पुग्छ । यसरी उत्पन्न हुने समस्यालाई मस्तिष्काघात भनिन्छ । यसले स्नायु र स्नायुतन्तुहरुमा स्थायी क्षति पु्र्‍याइ अकालमा ज्यान समेत जान सक्छ र बाँचे पनि जीवन भर विकलाङ्ग भई परनिर्भर हुनुपर्ने बाध्यता आउन सक्छ ।” चिकित्सकहरुका अनुसार मस्तिष्कमा मस्तिष्कघात भइ रक्तनली बन्द भएर उपचार नपाएको खण्डमा प्रतिमिनेट करिब २० लाख मस्तिष्कका कोशिका मर्दछन् ।

विश्वस्वास्थ्य स्वास्थ्य सङ्गठनले मस्तिष्कघातलाई आपतकालिन स्वास्थ्य अवस्था रुपमा वर्गीकरण गरेको छ । पछिल्लो समय नेपालमा मृत्युको तेस्रो कारण मस्तिष्काघात रहेको जनाइएको छ । सरकारसँग मस्तिष्काघातबाट वर्षेनी कतिजनाले अकालमा मृत्यु वरण गर्दछन् भन्ने तथ्याङ्क भने छैन ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×