काठमाडौँ - पररारष्ट्रमन्त्री नारायण खड्काले राजदूत नियुक्ति हुन बाँकी राष्ट्रहरूमा पनि नियुक्तिको प्रक्रिया चाँडै थालिने बताएका छन्।
सरकारले राजदूत नियुक्तिको प्रक्रिया प्रारम्भ गरेको तथा बेलायत र अमेरिकाका लागि राजदूत नियुक्त भइसकेका, बाँकी देशहरूमा पनि चाँडै नियुक्ति गरिने बताउँदै परराष्ट्रमन्त्रीले परराष्ट्र सेवाबाट कम्तीमा पचास प्रतिशत राजदूत नियुक्ति गर्ने मन्त्रालयको नीतिप्रति आफू प्रतिबद्ध रहेको स्पष्ट गरे। सत्ता साझेदार राजनीतिक दलका महाधिवेशन तथा अन्य कारणले सबै देशमा एकैपटक राजदूत नियुक्तिका निम्ति सिफारिस गर्न नसकिएको पनि उनले बताए।
अब राजदूत नियुक्तिको सिफारिसमा विलम्ब नहुने पनि मन्त्री खड्काले बताए।