कोलम्बियामा रङ्गशाला भत्किँदा चार जनाको ज्यान गयो, ३० जना घाइते

काठमाडौँ - कोलम्बियामा साँढे जुधाइ प्रतियोगिता हेर्न रङ्गशालामा भेला भएका दर्शक बस्ने कक्ष भत्किँदा चार जनाको ज्यान गएको छ।

रङ्गशाला भत्किँदा ३० जना घाइते भएका छन्। कोलम्बियाको एल एस्पिनल रङ्गशालामा प्रतियोगिता चलिरहँदा काठको तीन तले दर्शकदीर्घा भत्किएको बीबीसीले जनाएको छ।

कोलम्बियामा बर्सेनि आयोजना हुने गरेको सान पेड्रो फेस्टिबलमा साँढेले हानेर कयौँको ज्यान जाने गरेको छ। राष्ट्रपति गुस्ताभो पेट्रोले यस्ता प्रतियोगितामाथि प्रतिबन्ध लगाउनुपर्ने बताएका छन्। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×