त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द तयारीमा, नेपाली सेनाले सुरक्षा कडा

२४ भदौ, काठमाडौं । राजधानीमा प्रदर्शन र आगलागीका घटनाहरू बढ्दै गएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गर्ने तयारी भइरहेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका एक उच्च अधिकारीका अनुसार गोठाटार क्षेत्रसहित अन्य क्षेत्रमा निरन्तर आगलागी र असुरक्षित परिस्थिति हवाई सुरक्षा प्रतिकुल बनिरहेको कारण विमानस्थल बन्द गर्न लागिएको हो।

हाल आकाशमा रहेका जहाजहरूलाई मात्रै अवतरण गर्न दिइने व्यवस्था गरिएको छ भने थप उडानहरू रोकिनेछन्। विमानस्थलको सुरक्षा नेपाली सेनाले कडा पार्दै मुख्य गेट बन्द गरी अन्य गतिविधि रोक्ने तयारी भइरहेको बताइएको छ।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×