पीडितले न्याय नपाएसम्म आरोपित संस्थालाई राष्ट्रिय मोडलिङ संघले निलम्बन गर्ने

काठमाडौँ - सौन्दर्य प्रतियोगिताका आयोजकले बलात्कार गरेको भन्दै सार्वजनिक भएको घटनाप्रति नेपाल राष्ट्रिय मोडलिङ संघले विज्ञप्ति जारी गरेर गम्भीर भर्त्सना गरेको छ।

संघले अभिनय, कला तथा क्षमता विकासको सीप सिक्ने तथा प्रदर्शन गर्ने रचनात्मक क्षेत्रमा यस्तो जघन्य आपराधिक घटना हुनु दुखद रहेको बताएको छ। यो घटनाले सिंगो कला क्षेत्रको अपमान तथा सुन्दरी प्रतियोगिता लगायत सिंगो कला क्षेत्रप्रतिको दृष्टिकोणमा नराम्रो धक्का पुगेको विज्ञप्तिमा बताइएको छ। 

कला, साहित्य र मोडलिङ क्षेत्रको छाता संगठनको रूपमा नेपाल राष्ट्रिय मोडलिङ संघ रहेकाले घटनाका पीडितलाई आवश्यक सहयोग गर्न सदैव तयार रहेको विज्ञप्तिमा जनाइएको छ। साथै यस घटनाको छानबिन र सत्यतथ्य पत्ता लागेर पीडितले न्याय नपाएसम्म आरोपित संस्थालाई नेपाल राष्ट्रिय मोडलिङ संघले निलम्बन गरिसकेको जानकारी गराएको छ।  

संस्था, आयोजक तथा व्यक्तिबाट कुनै पनि प्रकारको हिंसा भएमा संघमा समेत उजुरी दिन अनुरोध गरेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×