विश्वकप फुटबल: बेल्जियम मोरक्कोसँग स्तब्ध

काठमाडौँ - कतारमा जारी  फिफा विश्वकप २०२२ मा मोरक्कोले बेल्जियमलाई २-० गोल अन्तरले पराजित गरेको छ।

मोरक्कोको जितमा अब्देल हामिद साबिरीले ७३औं मिनेटमा फ्रिकिकमार्फत् गोल गरेका थिए। इन्ज्युरी समयमा जाकरिया ओबुखाललखे दोस्रो गोल थप्दै मोरक्को जित पक्का गराएका थिए।

यो जितसँगै समूह मोरक्को समूह एफको शीर्ष स्थानमा उक्लिएको छ। जितसँगै मोरोक्कोले २ खेलबाट ४ अंक जोडेको छ।

पराजित बेल्जियमको २ खेलबाट ३ अंक रहेको छ। दोस्रो स्थानमा रहेको बेल्जियम पनि अन्तिम १६ मा पुग्ने सम्भावना कायमै छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×