परिणीतिको बलिउड यात्रा

काठमाडौँ - बलिउड अभिनेत्री परिणीति चोपडाले गत वर्ष नेपालमा पनि फिल्म छायांकन गरिन्। राजश्री प्रोडक्सनको व्यानरमा बनिरहेको फिल्म ‘उचाइ’ को छायांकनका लागि उनी नेपाल आएकी थिइन्।

बलिउड निर्देशक सुरज बडजात्याको निर्देशनमा तयार भइरहेको फिल्म ‘उचाइ’ मा अमिताभ बच्चन, अनुपम खेर, बोमन इरानी, नीना गुप्तालगायतको अभिनय रहेको छ।

राजश्रीको ब्यानरमा जोडिन पाउँदा उनी निकै उत्साहित छिन्। बलिउडमा एक दशकको यात्रा तय गरिसकेकी यी अभिनेत्रीले लन्डनमा म्यानचेस्टर बिजनेस स्कुलमा बिजनेस, फाइनान्स र इकोनोमिक्समा डिग्री गरेकी छिन्। यसैले गर्दा उनले त्यहीँ केही बैंकमा जागिरका लागि प्रयास गरेकी थिइन्। तर, उनले कतै काम पाइनन्। पढाइ गर्ने समयमा ५० लाख ऋण भएकाले उनले भारत फर्किने निर्णय गरिन्। ‘म लन्डनबाट मुम्बई फर्किएँ किनकि दिल्लीभन्दा मुम्बईको टिकट सस्तो थियो,’ उनले भनेकी छिन्।

उनी मुम्बई आएपछि यशराज फिल्म्समा एकाउन्टेन्टको कामका लागि एप्लाइ गरिन्। तर, त्यो पोस्टमा जागिर खाली नहुँदा उनलाई यशराज फिल्म्सले मार्केटिङ र पीआर डिपार्टमेन्टमा इन्टरनसिप दियो, जसलाई उनले सहजै स्वीकार गरिन्। त्यही अफिसमै निर्देशक मनिष शर्माले परिणीतिलाई स्पट गरे। त्यसै कारण उनले सन् २०११ को फिल्म ‘लेडिज भर्सेस रिकी बेल’ मा मौका पाएकी थिइन्।

त्यो फिल्ममा काम गर्न सहज भने थिएन। उनले केही ट्रेनिङ लिए पनि त्यतिबेला उनि फिल्मका बारेमा केहि जानकार थिइनन्। त्यसैले उनले मनिषलाई धेरै प्रश्न गर्ने गर्थिन्। ‘म क्यारेक्टरको बारेमा धेरै सोध्ने गर्छु। किनकि म स्पष्ट नभएसम्म सट दिन सक्दिनँ’ परिणीति भन्छिन्। त्यसपछि उनले यशराज फिल्म्सकै फिल्महरू लगातार गरिन्।

पछिल्लो समय उनले आफ्नो एक छुटै पहिचान स्थापित गरिसकेकी छिन्। अहिले उनी फिल्मसँगै रियालिटी शोमा समेत व्यस्त रहेकी छिन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×