नागार्जनले लिक गर्दिए रणबीर कपूरको ५०० करोडको चलचित्रको कथा

भारत। बलिउड अभिनेता रणबीर कपूरको आउँदो चलचित्र 'ब्रह्मास्त्र'लाई लिएर दर्शकहरु निकै उत्साहित रहेका छन्। निर्देशक अयान मुखर्जीको चलचित्र 'ब्रह्मास्त्र' बलिउडको सबैभन्दा महँगो चलचित्र हो। जसमा रणबीर कपूरसँग आलिया भट्ट, अमिताभ बच्चन, नागार्जन, शाहरुख खान र मौनी रोय लगायतका कलाकारहरु मुख्य भुमिकामा रहेका छन्। केहि समय अघि मात्र चलचित्रको टिजर सार्वजनिक गरिएको थियो। 

चलचित्रको कथालाई लिएर' मान्छेहरुले बिभिन्न थरिका अड्कल लगाईरहेका छन्। यसैबिच चलचित्रका कलाकार नागार्जुनले पिंकविलासँग कुरा गर्ने क्रममा चलचित्रको मुख्य कथा बताएका छन्। उनले भने " चलचित्रलाई धेरै ठुलो स्तरमा बनाइएको छ। यसको स्क्रिप्टमा आजको समय र वैदिक समयको सुन्दरता मिसाईएको छ। म ब्रह्मास्त्रको बारेमा धेरै बताउन त सक्दिन तर यति भन्न सक्छु कि यो ५००० वर्ष पुरानो एक अस्त्रको बारेमा हो।"

नागार्जनको कुराबाट प्रस्ट हुन्छ की सोहि अस्त्रको नामले चलचित्रको नाम ब्रह्मास्त्र राखिएको हो। ५००० वर्ष पुरानो यो अस्त्रको उपयोग गरेर रणबीर कपूरले दुनियाको रक्षा गर्नेछन्। चलचित्र ब्रह्मास्त्रलाई करण जौहरको ब्यानर तल बनाइएको हो। खबरका अनुसार चलचित्रलाई तीन भागमा प्रदर्शनमा ल्याइनेछ। जसको खर्च करिब ५०० करोड रहेको छ। चलचित्रलाई दक्षिण भारतमा निर्देशक राजामौलीले प्रस्तुत गर्नेछन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×