काठमाडौँ - पाकिस्तानमा सुरक्षा कारबाहीमा परी कम्तीमा छ आतङ्कवादीको मृत्यु भएको छ।
देशको दक्षिण पश्चिमी बलुचिस्तान प्रान्त अन्तर्गत पर्ने केच जिल्लामा भएको घटनामा परी उनीहरूको मृत्यु भएको हो। सोही क्रममा एक सुरक्षाकर्मीको पनि मृत्यु भएको सेनाले पुष्टि गरेको छ। गोप्य सूचनाका आधारमा सुरक्षाकर्मीहरूले सुरक्षा कारबाही चलाउँदा उनीहरूको मृत्यु भएको जनाइएको छ।
सुरक्षा फौजले विभिन्न ठाउँमा खोजी तथा कारबाही अभियानलाई तिव्रताका साथ अगाडि बढाएको छ। सुरक्षा कारबाहीका क्रममा आतङ्ककारीहरूले प्रयोग गरेका हातहतियार तथा युद्ध बन्दोबस्तीका सामग्रीहरू पनि बरामद गरिएको छ।
आतङ्कवादीहरूले शान्ति सुरक्षामा दखल पुर्याएको र मानवीय तथा भौतिक क्षति पुर्याएको भन्दै सुरक्षाकर्मीहरूले सुरक्षा कारबाही तिव्र पारेका हुन्।