जमैकाले तेस्रोपटक जित्यो सिपिएलको उपाधि

काठमाडौँ - क्यारेवियन प्रिमियर लिग (सिपिएल) २०२२ को उपाधि जमैका तलावाजले जितेकाे छ। उसले फाइनलमा बार्बाडोस रोयल्सलाई ८ विकेटले हराउँदै तेस्रोपटक उपाधि जितेको हाे। जमैकाका यसअघि २०१३ र २०१६ मा विजेता बनेकाे थियाे।

१६२ रनको लक्ष्य जमैकाले १६.१ ओभरमा २ विकेट गुमाउँदै भेट्टायाे। जमैकाका ओपनर ब्रेन्डन किंगले ५० बलमा १३ चौका र २ छक्कासहित अविजत ८३ रनको पारी खेलेका थिए। सम्रराह ब्रुक्स ३३ बलमा ६ चौका र २ छक्कासहित ४७ र कप्तान रोभमन पावेलले अविजत १४ रन बनाएका थिए।

बार्बाडोसका काइल मेयर्स र जेसन होल्डरले १/१ विकेट लिएका थिए। त्यसअघि गुयानस्थित प्राेभिडेन्स  स्टेडिडममा टस जितेर ब्याटिङ रोजेको बार्बाडोसले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६१ रन बनाएकाे थियाे।

बार्बाडोसका आजम खानले ४० बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ५१ रनको योगदान दिएका थिए। रहकिम काेर्नवालले ३६, कप्तान काइल मेयर्सले २९ र जेसन हाेल्डरले १७ रन जाेडेका थिए।

जमैकाका फावियन एलन र निकोलसन गोर्डनले ३/३ तथा इमाद वासिमले १ विकेट लिएका थिए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×