नृपेशको शब्दमा ‘केन्द्रकै सरकार ढल्छ…’ बोलको गीत सार्वजनिक

काठमाडौँ - तारा सितारा प्रोडक्सनमार्फत गायिका प्रीति आलेको स्वरमा रेकर्ड भएको नयाँ गीत ‘प्रदेशको होइन केन्द्रकै सरकार ढल्छ’ बोलको गीत सार्वजनिक भएको छ।

यो गीतकार शब्दहरु नृपेश उप्रेतीले रचना गरेका हुन् भने यसलाई विकास चौधरीले संगीतबद्ध गरेका छन्। रोशन बान्तवा यो गीतका संगीत संयोजक हुन्।

यो गीतको म्युजिक भिडियोलाई कृष्ण पौडेलले निर्देशन गरेका छन्। भिडियोमा इन्दु दनुवार, युवराज खत्री, टेक अधिकारी फिचर्ड रहेका छन्। भिडियोको छायांकन सुजन श्रेष्ठले गरेका हुन् भने सम्पादन युवराज खत्रीले गरेका छन्। प्रविन थापाले कोरियोग्राफी गरेको डान्सिङ्ग नम्बरको भिडियो दोलालघाटमा छायांकन गरिएको हो।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×