‘पासो’मा गरेको मेहनतलाई दर्शकले स्वीकार्ने रिस्ता र सुनिशाको अपेक्षा

काठमाडौँ - शुक्रबारदेखि थ्रिलर फिल्म ‘पासो’ रिलिज हुँदैछ। नारीप्रधान फिल्मको मुख्य भूमिकामा रिस्ता बस्नेत र सुनिशा बजगाईं रहेका छन्।

चुनाव र विश्वकप फुटबलको माहोलबीच प्रदर्शन हुन लागेको फिल्मलाई चुनौती र सम्भावना दुवै छन्। चुनौती यस अर्थमा कि फिल्मको समीक्षा र ‘वर्ड अफ माउथ’ सुखद आउनुपर्ने हुन्छ। सम्भावना यस अर्थमा कि फिल्मले सोलो रिलिजको मौका पाउनेछ। राम्रो प्रतिक्रिया मिलेको खण्डमा फिल्मले चाहेजस्तो शो पाउन सक्छ।

यो मितिमा नयाँ नेपाली फिल्म ‘पासो’ मात्र दर्शकमाझ आउने भएकाले पनि फिल्मका लागि फाइदा हुने देखिन्छ। फिल्मलाई आरबी पुनले निर्देशन गरेका छन् भने भगवान भुजेल यसका निर्माता हुन्।

फिल्ममा काम गर्दा आफू १० दिनसम्म एउटा बाकसभित्र बन्द भएर छायांकन गर्नुपरेको अनुभव रिस्ताले सुनाइन्। सुटिङ गर्दा कैयौं पटक आफूले अब काम गर्न सक्दिनँ समेत भनेको उनले बताइन्। कतिपय समयमा त पेनकिलर खाएर काम गरेको समेत उनले सुनाइन्।

सुनिशाले भने ५ दिनसम्म हात बाँधेर काम गरेकी थिइन्। यसरी काम गर्दा निक्कै गलेको अनुभव भएको सुनाउँदै उनले दर्शकले फरक स्वादको फिल्म हेर्न पाउने तर्क गरिन्। फिल्म ‘पासो’का लागि यी दुई अभिनेत्री केही दिनदेखि प्रचारमा व्यस्त भएका छन्। दुवै नायिकाले आफूहरुले गरेको दुःख दर्शकले रुचाउने आशा राखेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×