एमबाप्पेको रियल म्याड्रिडबाट खेल्ने सपनामा पिएसजी तगारो

काठमाडाैँ - फ्रान्सेली युवा स्टार केलियन एमबाप्पेले बाल्यकालदेखि नै स्पेनिस क्लब रियल म्याड्रिडमा खेल्ने सपना देख्दै आएका छन्। जुन उनले आफ्नो कमिकमा पूर्ण रूपमा व्याख्या गरेका छन्।

हाल पिएसजीसँग सम्झौता अन्तिम चरणमा छ। उनले चाहने हो भने रियल म्याड्रिडसँग सम्झौता गरेर घोषणा गर्न पनि पाउनेछन्। तर त्यसो हुन सकिरहेको छैन। अझ फ्रान्सेली संचारमाध्यमका खबर मान्ने हो भने, एमबाप्पेले चाहेर पनि रियल म्याड्रिड जान सकिरहेका छैनन्।

स्पेनिस पत्रिका मार्काका मारियो कोर्टगानाले एम्बापपेको स्थितिलाई यसरी बयान गर्छन्। ‘एमबाप्पे रियल म्याड्रिड जानेमा अझैपनि निर्णय लिन सकिरहेका छैनन् भन्ने सुनिन्छ। तर त्यो निर्णय लिन नसक्नु आफैंमाथि धेरै प्रश्न गरेर हो जस्तो मलाई लाग्छ। उनलाई निर्णय लिन कठिन भएको भन्दापनि अर्को चुनौतीको सामना गर्न डर लागेको हुनुपर्छ। एमबाप्पे रियल म्याड्रिड जानु भनेको फुटबल इतिहासमा नै नयाँ आयाम आउनु हो। यो पक्कै सहज भने छैन।’

मार्काले नै यसअघि जनाए अनुसार एमबाप्पे र उनको परिवारलाई फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन तथा कतारबाट पनि दबाब छ। फ्रान्सेली फुटबल महासंघसँग पनि एमबाप्पेको राम्रो सम्बन्ध छैन र उनको रियल जाने निर्णयले त्यसलाई थप असर गर्नेछ।

२३ वर्षीय एमबाप्पेले आफ्नो परिवारका लागि पनि थप सोच्न बाध्य भएका छन्। एमबाप्पेसँगै उनको परिवारले पनि अत्याधिक दवाव खेप्नुपरेको छ। विशेषगरी एमबाप्पेको भाई इथन पीएसजीको पहिलो टोलीमा डेब्यु गर्ने संघारमा छन्। एमबाप्पे र उनको परिवारले पिएसजीको प्रस्ताव सुनेपनि रियल म्याड्रिड नै जाने मनसाय बनाएका छन्।

पोर्चुगिज लुइस फिगोको रियल म्याड्रिड ट्रान्सफर र एमबाप्पेको अहिलेको अवस्था झन्डै उस्तै छ। एउटा भिन्नता भनेको एमबाप्पेले २३ वर्षको उमेरमा यसबाट गुज्रिरहेका छन्। तर फिगोले निकै विवादपछि रियल म्याड्रिड आएर पनि बारम्बार पछुतो नभएको स्वीकार गरेका छन्।

रियल म्याड्रिड अब एमबाप्पेलाई गुमाउन चाहदैन। एर्लिङ हालान्ड म्यानचेस्टर सिटीमा अनुबन्धित भइसकेको अवस्थामा अब बजारमा फरवार्ड उपलब्ध छैनन्।

एमबाप्पे सधैं रियल म्याड्रिडको प्राथमिकतामा रहेका छन्। जब एमबाप्पेको अनुमति आउँछ, रियलले सान्टियागो बर्नाबेउमा खेलाडी सार्वजनिक गर्दाको उपस्थितिको रेकर्ड तोड्ने हिसाबमा ऐतिहासिक समारोह तयार गर्नेछन्।

पीएसजीले रियल म्याड्रिडको हैसियतमा पुग्न पटक पटक असफल प्रयास गरेको छ। यस बीचमा संक्रमणकालमा रहेको रियल म्याड्रिडले पछिल्ला तीन ला लिगा मध्ये दुई जितेको । गत सिजन च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको टोली यस वर्ष फाइनलमा लिभरपुलको सामना गर्दैछ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×