काठमाडौँ। आफ्नो प्रदर्शनको समयमा दर्शकहरूबाट धेरै माया पाएको नेपाली चलचित्र `पशुपतिप्रसाद´को सिक्वेल बन्ने भएको छ। खबरका अनुसार निर्देशक दीपेन्द्र के खनाल अहिले चलचित्रको स्क्रिप्टमा काम गरिरहेका छन्। तर, यो कुराको आधिकारिक पुष्टि भने भएको छैन। सन् २०१६ मा आएको चलचित्रको पहिलो सिक्वलमा विपिन कार्की र खगेन्द्र लामिछाने मुख्य भूमिकामा रहेका थिए। दोस्रो सिक्वलमा पनि यि दुईलाई देख्न सकिनेछ।