काठमाडौँ, २ असोज । भदौ २३ र २४ गतेको विध्वंसात्मक प्रदर्शनपछि खुलेको नेपाली सेयर बजारमा दोस्रो नेगेटिभ सर्किट ब्रेक लागेको छ।
पहिलो सर्किट ब्रेक लागेपछि बजार २० मिनेट बन्द भएको थियो। पुनः खुलेको कारोबारमा कुल ५ प्रतिशत गिरावट आएपछि दोस्रो सर्किट ब्रेक लाग्यो र कारोबार ४० मिनेटका लागि स्थगित भएको छ।
कारोबार खुलेको दुई मिनेटमै नेप्से परिसूचक ४ प्रतिशत घटेको थियो। दोस्रो सर्किट ब्रेकपछि नेप्से परिसूचक १३३ अंक घटेर २५३८ मा कायम भएको छ।
विशेष गरी दुई पुनर्बीमा कम्पनीसहितका अन्य समूह सबैभन्दा बढी ८.९ प्रतिशत घटेका छन्। बैंकिङ, विकास बैंक, लगानी र जीवन बीमा समूहमा पनि ५ प्रतिशतभन्दा बढी गिरावट आएको छ। यस घटनाले प्रदर्शनपछि बजारमा आएको अस्थिरता र लगानीकर्तामा बढेको जोखिम देखाएको छ।