कुलमान घिसिङले शपथ ग्रहणपछि सीधै महाराजगञ्ज शिक्षण अस्पताल पुगेर शोक सन्तप्त परिवारलाई समवेदना व्यक्त

काठमाडौँ। नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले शपथ ग्रहण गरेपछि पदभार ग्रहण नगरी सीधै महाराजगञ्ज शिक्षण अस्पताल पुगेका छन्।

उनी त्यहाँ गएर हालैको जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिहरूको परिवारसँग भेटघाट गरेका छन्। भेटघाटका क्रममा मन्त्री घिसिङले शोक सन्तप्त परिवारप्रति आफ्नो समवेदना प्रकट गरेका थिए।

यो कदमले राजनीतिक नेतृत्वमा मात्र नभई मानवीय संवेदनशीलता र जनताप्रति दायित्वको महत्वलाई पनि उजागर गरेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×