काठमाडौँ - भारतसँगको एकदिवसीय क्रिकेट शृङ्खला न्युजिल्यान्डले जितेको छ। बुधवार भएकाे तेस्रो खेल पनि वर्षाका कारण रद्द भएपछि न्युजिल्यान्डले शृङ्खला १-० ले जितेको हो।
यसअघि पहिलो खेल पनि रद्द भएको थियो भने दोस्रो खेल न्युजिल्यान्डले जितेको थियो।
न्युजिल्यान्डले दिएको २ सय २० रनको लक्ष्य पछ्याउने क्रममा १८ ओभरमा १ विकेट गुमाएर १ सय ४ रन बनाउँदाको अवस्थामा पानी परेपछि खेल रद्द भएको हो। यसअघि भएको ३ खेलकाे टी-२० शृङ्खला भारतले जितेको थियो।