काठमाडौँ - फिफाले सन् २०२२ को विश्वकपको क्वाटरफाइनलमा अर्जेन्टिना र नेदरल्यान्ड्सको खराब स्वभावपछि अनुशासनात्मक कारबाही सुरु गरेको छ।
दुवै पक्षका बिच प्रतिश्पर्धात्मक खेलका क्रममा भिडन्त भएका थिए। पेनाल्टीमा अर्जेन्टिनाले पराजित गर्नु अघि डचहरू २-० गोलले पछाडी रहेकोमा पछि २ गोल गर्दै खेललाई २-२ को बराबरीमा पुर्याएका थिए। स्पेनिस रेफ्री एन्टोनियो माटेउ लाहोजले खेलमा १८ पहेँलो कार्ड देखाएका थिए। यो विश्वकपको इतिहासमा सर्वाधिक पहेँलो कार्ड रहँदै रेकर्ड बनेको छ।
डच राइट ब्याक डेन्जेल डम्फ्रिजलाई २ वटा पहेँलो कार्ड पाउँदै खेलको अतिरिक्त समयको अन्त्य अन्त्यमा मैदान छाड्नु परेको थियो। फिफाले आफ्नो अनुशासन समितिले अनुच्छेद १२ (खेलाडी र अधिकारीहरूको दुव्र्यवहार) र अनुच्छेद १६ मा (खेलहरूमा क्रम सुरक्षा) को सम्भावित उलंघनको कारणले अर्जेन्टिना विरुद्ध कारवाही सुरु गरेको बताएको छ।
सोहि खेलमा डच फुटबल संघलाई फिफाको अनुशासन समितिले फिफा अनुशासन संहिताको धारा १२ को उलंघनको कारणले कार्यवाही खोलेको छ।