काठमाडौँ - सहिद स्मारक ‘सी’ डिभिजन लिग छनौट प्रतियोगिता आजदेखि सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सुरु हुँदैछ। उद्घाटन खेल दिउँसो सवा १२ बजेबाट सुरु हुनेछ।
पहिलो दिन आज २ खेलहरु हुने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ। उद्घाटनमा प्रगति युथ क्लब र मुसुरिया फुटबल एकेडेमी प्रतिस्प्रर्धा गर्नेछन्।
आजै हुने अर्को खेलमा दिउँसो साढे ३ बजेबाट फर्साटिकर युवा क्लब र ग्राम निर्माण बन्धु मण्डल क्लब भिड्नेछन्। आगामी मंसिर १ गतेसम्म सञ्चालन हुने छनौट प्रतियोगितामा ६२ क्लबको सहभागिता रहनेछ।