राजामौली र महेशबाबु एड्भेन्चर फिल्ममा सहकार्य गर्दै

काठमाडौँ - ‘बाहुबली’ र ‘आरआरआर’ फेम्ड निर्देशक एसएस राजामौली र तेलुगू सुपरस्टार महेश बाबुले आगामी फिल्ममा सहकार्य गर्ने भएका छन्। दक्षिण भारतीय फिल्मका यी दुई ठूला नामले समकालीन एड्भेन्चर फिल्ममा टिमअप गर्न लागेको बलिउड हंगामाले जनाएको छ। स्क्रिप्ट तयार भएको फिल्मको छायांकन जुलाईदेखि सुरु हुने भएको छ।

यस फिल्मको कथालाई राजामौली र उनको पटकथा लेखक विजयेन्द्र प्रसादले संयुक्त रुपमा लेखेका हुन्। 

महेशका प्रशंसक समकालीन कथावस्तुमा आधारित फिल्म हेर्न रुचि राख्छन्। राजामौलीको समकालीन सेटमा फिल्म छायांकन हुने उल्लेख गरिएको छ। यो भन्दा पनि महत्वपूर्ण यो छ कि महेश बाबु र राजामौलीको नयाँ फिल्ममा बलिउड अभिनेत्री हुने छैनन्।

एक वर्षअघिसम्म श्रद्धा कपुर, दीपिका पादुकोण र पूजा हेग्डेजस्ता ए–लिस्टर बलिउड अभिनेत्रीलाई राम्रो पारिश्रमिक दिने गरिन्थ्यो, तर भारतभर ‘पुष्पा’ र ‘केजीएफ’को बक्स अफिस सफलतापछि यो ट्रेण्डमा परिवर्तन आएको छ। यसकारण महेशबाबु र राजामौली हिन्दी फिल्ममा अहिलेसम्म नदेखिएकी अभिनेत्री यसमा लिन चाहन्छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×