नेपाल साफ यू-१७ च्याम्पियन्सिपको फाइनलमा

काठमाडौँ - साफ यू-१७ च्याम्पियन्सिपअन्तर्गत सोमबार भएको सेमिफाइनलमा नेपालले श्रीलंकालाई फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ। श्रीलंकाको घरेलु मैदानमा भएको खेलमा नेपाललाई जित दिलाउने क्रममा कप्तान प्रशान्त लक्षमले २१ मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए।

त्यस्तै २३ औं मिनेटमा हरिशराज भट्ट, ३० औं मिनेटमा सुवास बम, ३७ औं मिनेटमा निरोज कार्कीले  गोल गरेका थिए। पहिलो हाफमा ४-०को अग्रता लिएको नेपालले दोस्रो हाफमा दुई गोल थपेको थियो। खेलको ५१ औं मिनेटमा उनेश बुढाथोकी र ९० औं मिनेटमा सिजल राईले गोल गरेका थिए। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×