काठमाडौँ - यूईएफए नेसन्स लिगअन्तर्गत मंगलबार राति भएको खेलमा जर्मनी र इंगल्याण्डले १–१ गोलको बराबरी खेलेका छन्।
मंगलबार भएको खेलको ५० औं मिनेटमा जोनास हपम्यानले गोल गर्दै जर्मनीलाई १–० अग्रता दिलाएका थिए।
तर, खेलको ८८ औं मिनेटमा पाएको पेनाल्टीको सदुपयोग गर्दै इंगल्याण्डले खेल बराबरीमा ल्याएको थियो।
खेलबाट जर्मनीले २ अंक हात पारेको छ भने इंग्ल्याण्डले १ अंक मात्र जोडेको छ।