आइतबारबाट घाम लाग्न सुरु, अब क्रमशः चिसो कम हुँदै जाने

काठमाडौँ- आज बिहानैबाट मौसम सफा रही काठमाडौंमा घाम लागेको छ। बिहान ६ बजेको काठमाडौंको न्यूनतम तापक्रम ३.६ डिग्री सेल्सियस रहेकोमा साँझपख सामान्य बदली हुनेछ। आज देशभरको मौसम सफा हुने मौसमविद्ले जानकारी दिएका छन्। मौसमविद्का अनुसार भोलि भने केही क्षेत्रमा बदली हुनेछ।

पूर्वी र पश्चिम नेपालमा केही भू–भागमा हल्का हिमपातको सम्भावना रहेको छ। पहाडी र हिमाली क्षेत्रमा केही बदली भए पनि तराईमा भने मौसम भोलि पनि सफा रहनेछ।

 अब क्रमशः चिसो कम हुँदै जाने तथा बदली नहुने र घाम लाग्दै जाँदा तापक्रम पनि बढ्दै जाने मौसमविद्ए बताएका छन्। आइतबारबाट घाम लाग्न सुरु भएसँगै तापक्रम बढ्दै जानेछ। केही दिन न्यूनतम तापक्रम तल रहे पनि अधिकतम तापक्रम बढ्दै जानेछ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×