बढ्यो सुनको मूल्य , चाँदीको स्थिर

काठमाडौँ - सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु सात सयले बढेर रु ९७ हजार ३ सय तोकिएको छ। पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९६ हजार ६ सयमा कारोबार भएका थियो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार ८ सय छ। यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९६ हजार १ सय थियो।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा स्थिर रही प्रतितोला रु १ हजार २ सय २५ कायम रहेको महासङ्घले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा महासङ्घले यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×