मंसिर १७ गते उज्यालो नेपाल पार्टीको औपचारिक घोषणा, कुलमान घिसिङ विशेष अतिथि

काठमाडौँ । संरक्षक कुलमान घिसिङको नेतृत्वमा गठन भएको उज्यालो नेपाल पार्टी मंसिर १७ गते काठमाडौँमा औपचारिक रूपमा घोषणा हुने भएको छ। शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत प्रज्ञा भवन, कमलादीमा दिउँसो १ देखि ४ बजेसम्म विशेष घोषणा समारोह आयोजना गरिने जानकारी दिइयो।

कार्यक्रमका प्रमुख अतिथि ऊर्जा मन्त्री कुलमान घिसिङ हुने जनाइएको छ। सो अवसरमा पार्टीले आफ्नो दीर्घकालीन दृष्टि, मूल उद्देश्य तथा विस्तृत घोषणापत्र २०८२ सार्वजनिक गर्नेछ।

पत्रकार सम्मेलनमा वितरण गरिएको विज्ञप्तिमा उज्यालो नेपाल पार्टीले नयाँ तथा वैकल्पिक राजनीतिक शक्ति निर्माणका लागि समान सोचका दल, संघ–संगठन, सरोकारवाला तथा व्यक्तिहरूसँग सहकार्य गर्न इच्छुक रहेको उल्लेख छ।

विज्ञप्तिमा भनिएको छ,
“हामी दलहरूको भीडमा थप एक दल बन्न आएको होइनौँ। हाम्रो नेतृत्व, कार्यकुशलता र अनुभवले उज्यालो सपना साकार पार्न सक्छ। आम जनताले विश्वास गरेको, कामबाट प्रमाणित नेतृत्व हाम्रो साथमा छ।”

घोषणा कार्यक्रमपछि देशभर संगठन विस्तार र सहकार्य अभियान तीव्र बनाउने तयारी पार्टीले जनाएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×