आईपीएलः हैदरावादमाथि पञ्जाबको जित

काठमाडौँ - इन्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गतको आइतबार राति भएको लिगको अन्तिम खेलमा पञ्जाब किंग्सले सनराइजर्स हैदरावादमाथि ५ विकेटको जित हात पारेको छ। 

आइतबार पहिला ब्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १५७ रन बनाएको थियो।

हैदरावादका लागि अभिषेक शर्माले ४३ रन बनाएका थिए। जवाफी ब्याटिङमा उत्रिएको पञ्जाबले १५ ओभर १ बलमा ५ विकेट गुमाएर लक्ष्य पूरा गरेको हो।

पञ्जाबका लागि लियाम लिभिङस्टोनले अविजित ४९ रन बनाएका थिए। आईपीएलमा यसपटक गुजरात टाइटन्स, राजस्थान रोयल्स, लखनउ सुपर जायन्ट्स र रोयल च्यालेन्जर्स बेंग्लोर प्ले अफमा पुगेका छन्। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×