झापाबाट ब्राउनसुगरसहित दुई पक्राउ

झापा - अर्जुनधारा र मेचीनगर नगरपालिकाबाट लागुऔषध ब्राउनसुगरसहित शनिबार दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा मेचीनगर–१२ का ४५ वर्षीय कुमार राजवंशी र अर्जुनधारा–४ भाङबारीका ३६ वर्षीय रेसबहादुर सार्की रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

राजवंशीलाई शनिबार  इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरी टोलीले मेची पुल छेऊबाट चार ग्राम ब्राउनसुगरसहित र सार्कीलाई सोही दिन अस्थायी प्रहरी चौकी खुदुनाबारीबाट खटिएको प्रहरी टोलीले घरमै दुई ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो। पक्राउ परेका दुवै जनाउपर थप अनुसन्धान भइरहेको प्रहरीले  जनाएको छ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×