सुन तस्करी प्रकरणमा थप एकजना पक्राउ

काठमाडौं । नागढुंगाबाट बरामद भएको दुई किलो सुन प्रकरणमा थप एकजना पक्राउ परेका छन् । प्रहरीले चिनियाँ नागरिक २७ वर्षीय चेन झिवीलाई पक्राउ गरेको हो । उनलाई काठमाडौंस्थित सोह्रखुट्टेबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

गएको बिहीबार राति ९स्४० बजेतिर दुई किलो अवैध सुनसहित नागढुंगाबाट तीनजनालाई पक्राउ गरेको थियो । प्रहरीले रसुवाका २६ वर्षीय बिरु तामाङ, २१ वर्षीय सुनिल भुजेल र २८ वर्षीय ग्याल छिरिङ तामाङलाई पक्राउ गरेको थियो । उनीहरू तीनैजना रसुवाको गोसाईकुण्ड गाउँपालिका–३ का स्थानीय हुन् ।

चिनियाँ नागरिक चेन झिवी भने फरार भएका थिए । उनलाई पक्राउ गरेर आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×