काठमाडौँ - पाका फिल्मकर्मी शंकर पाण्डेले नेसनल बक्स अफिस अवार्डमा सर्वोत्कृष्ट निर्माण नियन्त्रकको विधा जितेका छन्। सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की प्रमुख अतिथि रहेको कार्यक्रममा पाण्डेले अवार्ड ग्रहण गरेका हुन्। नेपाली सेनासँग सम्बन्धित एक म्युजिक भिडियोबाट उनले अवार्ड उचालेका हुन्।
प्रवासतर्फ उत्कृष्ट प्रोडक्सन कन्ट्रोलरको ट्रफी जितेपछि पाण्डेले यसलाई आफूले पर्दा पछाडिको हिरोको सम्मानको रुपमा लिएको बताएका छन्।
२०५६ सालमा फिल्म ‘मुक्तिदाता’ र चर्चित टेलिसिरियल ‘हिजोआजका कुरा’बाट निर्माण नियन्त्रणसँगै फिल्म करिअर सुरु गरेका पाण्डेसँग पाका र पछिल्ला दुवै पुस्ताका निर्देशकसँग काम गरेको अनुभव रहेको छ।
उनले यसअघि कोहिनुर, पशुपतिप्रसाद, आमा लगायतका फिल्ममा काम गरिसकेका छन्।