दीवाकर भट्टराईको निर्देशनमा बन्ने भयो ‘हनी बनी’

काठमाडौँ। निर्देशक दीवाकर भट्टराईको निर्देशन रहने नयाँ चलचित्रको घोषणा गरिएको छ। ‘क्याप्टेन, ऐश्वर्य’ लगायतका चलचित्र निर्देशन गरिसकेका दीवाकरले निर्देशन गर्ने नयाँ चलचित्रको नाम ‘हनी बनी’ रहेको छ। एबी इन्टरनेशलको प्रस्तुती रहने चलचित्रमा गौतम प्रोडक्सन र भ्वाइस फिल्मस् लिमिडेटले सहकार्य गर्दैछन्। यूकेमा छायांकन गरिने चलचित्रका लागि कलाकारहरू अडिसनबाट छान्ने तयारीमा निर्माण पक्ष रहेको छ। 

अमित बस्नेत, अजित केआर थापा र परी राना निर्माता रहेको चलचित्र करिब ७ करोडको लागतमा बन्ने अनुमान गरिएको छ। अंकित गौतम कार्यकारी निर्माता रहेको चलचित्र प्रेमकथामा आधारित रहनेछ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×