काठमाडौँ - अखिल नेपाल फुटबल संघ (एन्फा)ले बंगलादेशसहित तीन देशसँग मैत्रीपूर्ण खेल खेल्नका लागि छलफल चलिरहेको जानकारि दिएको छ। एन्फाले बंगलादेश, लाओस र बुनईसँग मैत्रीपूर्ण खेलमा लागि छलफल चलिरहेको र अन्तिम टुङ्गो लाग्न लागेको जानकारि दिएको हो।
‘बंगलादेश, लाओस र बुनाईसँग मैत्रीपूर्ण खेलको लागि छलफल चलिरहेको छ। अन्तिम टुङ्गो लाग्न बाँकी छ,’ एन्फाका महासचिव किरण राईले भने।
मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले बन्द प्रशिक्षणबाट हटाएका १० खेलाडी पनि यसै मैत्रीपूर्ण खेलबाट आउने सम्भावना देखिएको छ।