काठमाडौँ - मलेसियामा जारी एसीसी महिला ट्वान्टी-२० च्याम्पियनसिपअन्तर्गत नेपाली टोलीले आज हङकङसँग प्रतिस्पर्धा गर्दै छ। किनरारा ओभलमा नेपालले हङकङको सामना गर्न लागेको हो।
नेपाल र हङकङबीचको खेल नेपाली समय अनुसार मध्याह्न १२ बजेबाट सुुरु हुनेछ।
नेपाल हङकङलाई हराएर लगातार चौथो जितसहित समूह विजेता बन्ने लक्ष्यमा रहेको छ। समूह ‘बी’मा नेपाल तीन खेलबाट ६ अंक जोड्दै शीर्ष स्थानमा रहेको छ। नेपालले यसअघि भुटानलाई ५०, कुवेतलाई २५ रन र बहराइनलाई ८ विकेटले हराएको थियो।
हङकङलाई हराएमा नेपाल समूह बी को विजेता बन्ने छ। प्रत्येक समूहको शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछ। समूह ए मा युएई, ओमान,कतार र सिंगापुर रहेका छन्। प्रतियोगिताको विजेता र उपविजेता एसिया कपका लागि छनोट हुनेछ।