दुई दलित महिला सदस्यमा निर्विरोध

उदयपुर - जिल्लाको दुई पहाडी गाउँपालिकाका दुई वडामा दलित महिला वडा सदस्य निर्विरोध निर्वाचित भएका छन् । निर्विरोध निर्वाचित हुने वडा सदस्यमा जिल्लाको रौतामाई गाउँपालिका–१ मा नेकपा (एमाले)को तर्फबाट वडा सदस्यकी उम्मेदवार फूलमाया (दियाली) विक भएको निर्वाचन अधिकृत सुवासकुमार भट्टराईले बताए।

यस्तै जिल्लाको लिम्चुङबुङ गाउँपालिका–१ मा पनि गठबन्धन दलहरूको तर्फबाट वडा सदस्यका लागि उम्मेदवार उम्मेदवार देवकुमारी कामी निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत तुलाराज सुनुवारले बताए। उनी गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र)बाट सदस्यको उम्मेदवार बनी निर्विरोध निर्वाचित भएकी हुन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×