काठमाडौँ - युइएफए च्याम्पियन्स लिगअन्तर्गत गएरातिकाे खेलमा इंग्लिस क्लब लिभरपुल विजयी भएकाे छ। ऊ समूह `ए´ अन्तर्गतकाे खेलमा स्कटिस क्लब रेन्जर्सविरुद्व २-० ले विजयी भएकाे हाे।
घरेलु मैदान एनफिल्डमा लिभरपुललाई जित दिलाउन ट्रेन्ट अलेक्जेन्डर-अर्नोल्ड र माेहम्मद सलाहले १/१ गाेल गरेका थिए। खेलकाे सातौं मिनेटमा अर्नाेल्डकाे गाेलमार्फत लिभरपुलले अग्रता लिएकाे थियाे।
५३ औं मिनेटमा सलाहले पेनाल्टीमा गाेल गर्दै घरेलु टाेलीलाई २-० काे सहज जित दिलाएका थिए।
जितसँगै ३ खेलमा ६ अंक जाेडेर दोस्रो स्थानमा रहँदा पराजित रेन्जर्स समान खेलबाट विना अंक पुछारमा रहेको छ।