करिम बेन्जिमाले विश्वकप गुमाउने

काठमाडौँ - फ्रान्सका स्ट्राइकर करिम बेन्जिमा विश्वकप फुटबलबाट बाहिरिएका छन्। प्रशिक्षणका क्रममा तिघ्रामा चोट लागेपछि बेन्जिमाले विश्वकप गुमाउने पक्का भएको बीबीसीले जनाएको छ।

रियल म्याड्रिडलाई च्याम्पियन्स लिग र ला लिगा जिताउन मद्दत गरेपछि बेन्जिमाले २०२२ को बालोन डी’ओर जितेका थिए। फ्रान्सेली राष्ट्रिय टोलीले उनलाई तिघ्रामा समस्या भएको र प्रतियोगितामा सहभागी हुन नसक्ने बताएको छ। फ्रान्सेली फुटबल महासंघले एमआरआई स्क्यानले तिघ्राको मांसपेशीमा चोट लागेको पुष्टि भएकाले बेन्जिमालाई ३ हप्ताको रिकभरी अवधि चाहिने जनाएको छ।

समूह डी मा रहेको फ्रान्सले नोभेम्बर २२ मा अष्ट्रेलिया, २६ नोभेम्बरमा डेनमार्क र ३० नोभेम्बरमा ट्युनिसियासँग खेल्नेछ। फ्रान्सका लागि ९७ खेलमा ३७ पटक गोल गरेका ३४ वर्षीय बेन्जिमाको चोट फ्रान्सलाई विश्वकपका लागि अर्को झट्का हो।

चोटकै कारण मिडफिल्डर पाउल पोग्बा र एनगोलो कान्टे पनि टिममा छैनन्। डिफेन्डर राफेल वाराने आफ्नो विगत ५ क्लब खेलहरू गुमाएका खेल्नका लागि फिट हुन प्रयास गरिरहेका छन्।

म्यानचेस्टर युनाइटेडका फरवार्ड एन्थोनी मार्शल बेन्जेमाका लागि आउन सक्ने सम्भावित विकल्पमध्ये एक हुन्  जो अक्टोबरदेखि तिघ्राको समस्यासँग संघर्ष गरिरहेका थिए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×