प्रधानसेनापतिद्वारा होल्डिङ सेन्टर निरीक्षण

कञ्चनपुर - नेपाली सेनाका प्रधानसेनापति महारथी प्रभुराम शर्माले कञ्चनपुरको महेन्द्रनगरस्थित होल्डिङ सेन्टरको स्थलगत निरीक्षण गरेका छन्। सुदूरपश्चिमको भ्रमणमा रहेका उनले आज सेनाको निगरानीमा यहाँको भगतपुरमा निमार्णाधीन होल्डिङ सेन्टरको निरीक्षण गरेका हुन्।

निरीक्षणका क्रममा प्रधानसेनापति शर्माले सरकारले तोकेको मापदण्डअनुसार होल्डिङ सेन्टर निर्माण, गुणस्तरमा जोड र समयमै सम्पन्न गर्न निमार्णमा संलग्न पक्षलाई निर्देशनसमेत दिए। “निर्माण सम्झौता भएअनुसार सामग्रीको प्रयोग र सोही अनुसारको लगानी हुनुपर्यो,” उनले भने, “निर्माण कमसल लगायतका  दोष पछि गएर सेनालाई नआओस्।”

प्रधानसेनापति शर्मासँगै निरीक्षणमा रक्षा मन्त्रालयका सचिव किरणराज शर्मा, सहसचिव बाबुराम अधिकारी र जिल्ला कोभिड व्यवस्थापनको टोलीसमेत सहभागी थियो। रु २९ करोडको लागतमा एक हजार शय्याको उक्त होल्डिङ सेन्टर निर्माणको अवधि आगामी फागुन १५ गतेसम्म रहेको छ। निर्माणमा नेपाली सेनाको प्राविधिक टोलीसमेत खटिएको छ। 

चालु आर्थिक वर्षमा नेपाली सेनाले पश्चिमी नाकासहित मुलुकभर आठ स्थानमा होल्डिङ सेन्टर बनाउन थालेको छ। होल्डिङ सेन्टर निर्माणको जिम्मा पाएको हनुमान कन्सट्रक्सन प्रालिका प्रतिनिधि लक्ष्मण सापकोटाले ९५ प्रतिशत काम सकिएको सो अवसरमा जानकारी दिए। उनले भने, “फागुनसम्म निर्माण सकेर हस्तान्तरणको तयारीमा छौँ।” 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×