शेरबहादुर देउवा डडेल्धुराबाट महाधिवेशन प्रतिनिधिमा विजयी

डडेल्धुरा । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा गृहजिल्ला डडेल्धुराबाट महाधिवेशन प्रतिनिधिमा चयन भएका छन्।

आसन्न १४औँ महाधिवेशनमा सभापतिका दाबेदार रहेका देउवा ७ सय ९१ मत ल्याएर महाधिवेशन प्रतिनिधिमा विजयी भएका हुन्।

उनकी पत्नी कांग्रेस नेतृ आरजु राणा देउवा भने सर्वसम्मत रुपमा महाधिवेशन प्रतिनिधि चयन भएकि छन् ।

डडेल्धुरामा भीमबहादुर साउँद जिल्ला सभापतिमा विजयी भएका छन् । डडेल्धुराबाट देउवासहित २६ जना महाधिवेशन प्रतिनिधि चयन भएका छन् ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×