प्रधानन्यायाधीशले बोलाएको न्यायसेवा आयोगको बैठकमा सबै सदस्यहरु सहभागी

काठमाडौँ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले बोलाएको न्यायसेवा आयोगको बैठकमा सबै सदस्यहरु सहभागी भएका छन्। साथै बैठकले महत्वपूर्ण निर्णय पनि गरेको छ। 

लामोसमयदेखी अन्यौलमा रहेको बैठक राणाको अध्यक्षतामा शुक्रबार सम्पन्न भएको हो। उक्त बैठकले कर्मचारीहरुको बढुवाको सिफारीस सम्बन्धी निर्णय समेत गरेको छ। आयोगका प्रवक्ता मानबहदाुर कार्कीका अनुसार बैठकमा पाँचै जना सदस्यहरुको उपस्थिती रहेको थियो। बैठकमा राणा सहित बरिष्ठतम न्यायाधिश दीपक कुमार कार्की, कानून न्याय तथा संसदीय मामिाल मन्त्री दिलेन्द्र प्रसाद बडु, लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मी र महान्यायाधिवक्ता खम्ब बहादुर खाती उपस्थित रहेका छन्।

लामो समयदेखी भद्र अवज्ञाको नेतृत्व गर्दे आएका सर्वोच्चका बरिष्ठतम न्यायाधीश दीपक कुमार कार्की पनि बैठकमा सहभागी हुनुले प्रधानन्यायाधीश राणा विरुद्धको भद्र अवज्ञाको समाप्त भएको  तथा न्यायलय पुनः पूर्ण रुपमा लयमा फर्किएको मान्न सकिन्छ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×