काठमाडौँ - इंग्लीस प्रिमियर लिग क्लब लिभरपुलका मुख्य प्रशिक्षक जर्गन क्लोप म्यानेजर अफ द इयर घोषित भएका छन्। क्लोप लिग म्यानेजर्स एसोसिएसनको म्यानेजर अफ द इयर घोषित भएका हुन्।
५४ वर्षीय जर्मन नागरिक क्लोपले सर अलेक्स फर्गुसन ट्रफि प्राप्त गरेका हुन्। अवार्डका लागि सबै लिगका प्रशिक्षकहरुले मत राख्न पाउने व्यवस्था छ।
ईपीएलको उपाधि जित्न असफल भएपनि क्लोपलाई म्यानेजर अफ द इयर घोषित गरिएको हो। क्लोपसँगै म्यानचेस्टर सिटीका मुख्य प्रशिक्षक पेप गुआर्डियोला, ब्रेन्टफोर्डका थोमस फ्रान्क, न्युकासलका इडी होवे तथा क्रिस्टल प्यालेसका प्याट्रिक भिएरा पनि मनोनयनमा परेका थिए।
लिभरपुलले एफए कप र लिग कपको उपाधि जित्नुका साथै च्याम्पियन्स लिगको फाइनलमा पुगेको थियो।