भोलिदेखि काठमाडौं महानगर खुला तेक्वान्दो प्रतियोगिता सुरु हुने

काठमाडौँ - कोटेश्वर तेक्वान्दो डोजाङको आयोजनामा काठमाडौं महानगर खुला तेक्वान्दो प्रतियोगिता शनिवारदेखि हुने भएको छ।

प्रतियोगितामा विभिन्न २२ जिल्लाका ४ सय ५० बढी खेलाडीको सहभागिता रहने प्रतियोगिता संयोजक समेत रहेका तेक्वान्दोका मुख्य प्रशिक्षक नवीनकुमार श्रेष्ठले जनाएका छन्।

ग्योरोगीमा २४ र पुम्सेमा ६ गरी जम्मा ३० स्पर्धामा प्रतिस्पर्धा हुने छ। ग्योरोगीको पुरुषमा १३ तथा महिलामा ११ गरी जम्मा २४ स्पर्धा रहेका छन्। पुम्सेमा विभिन्न उमेरसमूहमा पुरुष-महिलामा ३-३ गरी ६ एकल स्पर्धा समावेश भएका छन्।

काठमाडौं महानगरपालिकाको सहयोगमा हुन लागेको प्रतियोगितामा टिममा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ३० हजार, २० हजार र १० हजार नगद पुरस्कार जित्ने छन्।

ग्योरोगी र पुम्सेमा उत्कृष्ट पुरुष-महिला खेलाडीलाई जनही ५ हजार नगद पुरस्कार दिइने जनाइएको छ। दुईदिने प्रतियोगिताका खेलहरु पेप्सीकोलास्थित आयोजक डोजाङको आफ्नै हलमा खेलाइने भएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×