काठमाडौँ - नेपालमा पहिलो पटक पोडकास्ट महोत्सव हुने भएको छ। ‘बोजु बजै’ पोडकास्टले यो महोत्सव गर्न लागेको हो।
‘अल इअर्स’ शीर्षकमा गर्न लागेको दुई दिने भर्चुअल महोत्सव यही शनिबार र आइतबार हुने बोजु बजै पोडकास्टले जनाएको छ। आयोजकका अनुसार यस महोत्सव बढ्दो अडियो माध्यमलाई मध्यनजर गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पोडकास्टरहरू, सम्पूर्ण श्रोता, प्रशंसकहरूलाई एकसाथ ल्याउने उद्देश्यले गर्न लागिएको हो। महोत्सवमा नेपालसँगै फिलिपिन्स, अष्ट्रेलिया, अमेरिका, म्यानमारलगायतका देशहरुबाट पोडकास्टरहरु सहभागी रहनेछन्।
आयोजकले दिएको जानकारी अनुसार फिलिपिन्सबाट कार्ल जेभियर, पत्रकार मोली वेबस्टर, त्यस्तै नेपालकी सविना कार्की लगायतका पोड्कास्टरहरुले पोडकास्टका बारेमा आफ्ना धारणाहरु राख्नेछन्।