राष्ट्रिय महिला भलिबल प्रतियोगिता आजदेखि

काठमाडौँ - बागमती प्रदेश खेलकुद विकास परिषद् र न्यू डायमण्ड स्पोट्र्स क्लबको संयुक्त आयोजनामा बागमती प्रदेश न्यू डायमण्ड कप खुला महिला राष्ट्रिय भलिबल प्रतियोगिता हुने भएको छ।

कीर्तिपुरस्थित बहुउद्देश्यीय कभर्डहलमा हुने उक्त प्रतियोगितामा विभिन्न चार टोलीको सहभागिता रहने सोमबार आयोजित पत्रकार सम्मेलनमा आयोजकका संयोजक कुमार राईले जानकारी दिएका छन्। उनका अनुसार प्रतियोगितामा सशस्त्र प्रहरी बल (एपीएफ), आयोजक न्यू डायमण्ड स्पोट्र्स क्लब, नेपाल पुलिस क्लब र काठमाडौंको परोपकार आदर्श माध्यमिक विद्यालयको सहभागिता रहनेछ।

सहभागी टोलीबीच पहिले राउन्ड रोबिन लिगका आधारमा खेल हुनेछ। राउन्ड रोबिनमा शीर्ष २ स्थान हात पार्नेले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। तेस्रो र चौथो हुने टोलीले तेस्रो स्थानका लागि खेल्नेछन्।

प्रतियोगितामा उपाधि विजेता टोलीले रु ५ लाख प्राप्त गर्नेछन् भने उपविजेताले रु २ लाख ५० हजार प्राप्त गर्नेछ। त्यसैगरी प्रतियोगितामा तेस्रो स्थान हासिल गर्ने टोलीले १ लाख २५ हजार र चौथो हुने टोलीले रु ७५ हजार प्राप्त गर्नेछ।

त्यसैगरी व्यक्तिगत विधातर्फ सर्वोत्कृष्ट घोषित हुने खेलाडीले रु २५ हजार र विधागततर्फको उत्कृष्ट हुने खेलाडी र प्रशिक्षकले जनही रु १० हजार प्राप्त गर्नेछन्। भोलिदेखि सुरु हुने उक्त प्रतियोगिता चार दिनदिन सम्म चल्ने छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×