फिल्म ‘लाखे’को ट्रेलर सार्वजनिक

काठमाडौँ - कात्तिक ११ गते प्रदर्शन तयारीमा रहेको फिल्म ‘लाखे’को ट्रेलर सार्वजनिक भएको छ। दशैं फूलपाति छेकोमा रिलिज भएको ट्रेलरमा रहस्य, द्वन्द्व र सम्बन्धका आयामलाई प्रस्तुत गरिएको छ।

यो मल्टिस्टारर फिल्ममा सौगात मल्ल, अर्पण थापा, आर्यन अधिकारी, अनुपविक्रम शाही, वर्षा राउत, सुशिल सिटौला, प्रशान्त ताम्राकार लगायतको प्रमुख भूमिका रहेको छ।

‘लाखे’ वस्तुलाई विम्व बनाएर निर्माण भएको फिल्मले अपराध नेक्सस र प्रहरीको जासूस संयन्त्रको कथा पेश गर्छ। नियो नोइर जानराको फिल्म भएकाले दर्शकले सम्राट बस्नेत निर्देशित फिल्मलाई रुचाउने अनुमान गरिएको छ।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×