काठमाडौँ - रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको चितवनस्थित सम्पर्क कार्यालयमा आगलागी भएको छ। भरतपुर महानगरपालिका वडा नम्बर ११ भोजाडस्थित कार्यालयमा गएराति आगलागी भएको हो।
आगलागीबाट प्लास्टिकका कुर्सीसहित केही सामान जलेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। ठूलो क्षति भने भएको छैन।
घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।