इटालियन डिफेन्डर डेस्टिनी टोटेनहममा अनुबन्ध

काठमाडौँ - इंग्लिस प्रिमियर लिग क्लब टोटेनहमले इटालियन डिफेन्डर डेस्टिनी उडोगीलाई भित्र्याएको छ। टोटेनहमले डेस्टिनीलाई १५ मिलियन पाउन्डमा ५ वर्षका लागि भित्र्याएको बीबीसीले जनाएको छ।

इटालीको यू-२१ टिमका १९ वर्षीय डेस्टिनीले केही समय अघिमात्र इटालियन क्लब युडिनेससँग स्थायी रुपमा बस्ने गरी सम्झौता गरेका थिए। तर उनलाई जारी सिजनका लागि पुनः लोनमा युडिनेस नै पठाइने भएको छ।

उनले गत सिजन युडिनेसका लागि इटालियन सिरि ए मा ३५ खेल खेल्दै ५ गोल गर्नुका साथै ४ गोलका लागि पास दिएका थिए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×