भारत। बलिउड अभिनेता सुनील शेट्टीका छोरा अहान शेट्टी र अभिनेत्री तारा सुतारियाको नयाँ चलचित्र 'तडप' ३ डिसेम्बरबाट प्रदर्शनमा आएको छ। चलचित्रले आफ्नो प्रदर्शनको पहिलो दिनमा ४.०५ करोड, दोस्रो दिनमा ४.२५ करोड, तेस्रो दिनमा ५.२५ करोड,चौथो दिनमा २.२५ करोड र पाँचौ दिनमा कुल २ करोडको कमाइ गरेको छ। यानिकी चलचित्रले करिब १७.७७ करोडको कमाइ गरेको छ। चलचित्र दक्षिण भारतीय सफल चलचित्र 'आरएक्स १००'को आधिकारिक रिमेक हो। चलचित्र फक्सस्टार स्टूडियोज द्वारा प्रस्तुत र सह-निर्मित, साजिद नाडियाडवाला द्वारा निर्मित, रजत अरोडा द्वारा लिखित र मिलन लुथरिया द्वारा निर्देशित रहेको छ।