काठमाडौँ - इङ्ग्लिस प्रिमियर लिगमा शनिबार राति चेल्सी र म्यानचेस्टर युनाइटेडले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्।
स्टानफोर्ड ब्रिजमा ८६ औँ मिनेटमा चेल्सीका जर्जिन्होले पेनाल्टीमार्फत गोल गर्दै अग्रता दिलाएका थिए। इन्जुरी समयमा कासेमिरोले गोल गर्दै युनाइटेडलाई हारबाट जोगाएका थिए।
खेलपछी चेल्सी २० अंक सहित चौथो स्थानमा रहेको छ। १९ अंक सहित युनाइटेड पाँचौं स्थानमा रहेको छ।